धनकुटाबाट नेकपा एमालेका राजेन्द्र राई निर्वाचित, सुनिल थापा पराजित




धनकुटा ।
धनकुटा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

राईले कांग्रेसका उम्‍मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले निर्वाचित भएका हुन् ।

राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् ।

यस्तै स्वतन्त्र उम्‍मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाले १ हजार ५९ मत ल्याए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार