धनुषा क्षेत्र नम्बर २ ‘ख’ बाट जसपाका यादव निर्वाचित




जनकपुरधाम ।
धनुषा क्षेत्र नम्बर २ ‘ख’ बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गरी यादव दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार यादवले ९ हजार ५६६ मत प्राप्त गर्नुभएको । एमालेका सञ्जीवकुमार सुरजले ९ हजार २०४ मत प्राप्त गर्नुभएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार