डोटी प्रदेश सभा (क) मा एमालेका चक्र मल्ल विजयी




डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार चक्रबहादुर मल्ल विजयी हुनुभएको छ । नेकपा (एमाले) का जिल्ला अध्यक्षसमेत रहनुभएका मल्लले कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई सामान्य मतान्तरले पराजित गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार डोटी प्रदेश सभा (क) तर्फ ३३ हजार ३२२ मत खसेको थियो । मल्ल १५ हजार २७९ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी सिंहले १४ हजार ८२९ मत प्राप्त गर्नुभयो ।

हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ४५० मत प्राप्त गर्नुभयो । राप्रपाका उम्मेदवार नेत्रनाथले ७५५ मत प्राप्त गर्नुभयो । एक हजार ९१९ मत बदर भएको छ ।

डोटीको प्रदेश सभा (ख) मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवसिंह ओली विजयी भइसक्नुभएको छ । प्रतिनिधि सभातर्फ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले मतान्तर फराकिलो बनाउनुभएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार