चितवन क्षेत्र नं. २ मा जारी मतगणनाको पछिल्लोे नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन्। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने १५ हजार ४ सय ६७ मतसहित अगाडि छन्।
लामिछानेका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले ७ हजार ९ सय ४३ मत ल्याएका छन्। लामिछाने र पोख्रेलबीच ७ हजार ५ सय २४ मतको अन्तर छ। कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ५ सय ८२ मत प्राप्त गर्नु भएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार












प्रतिक्रिया दिनुहोस्