जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

जाजरकोट ।
जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन । प्रदेश सभा क मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनु भएका बेदराज सिंह ले १८ हजार ५४३ मत ल्याएर विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गर्नु भएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्काले चार ४४६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै प्रदेश ख मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका राजी विक्रम शाह ले १६ हजार ४० मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनु भएका खीमबहादुर शाही ले १० हजार ५ सय ३० मत प्राप्त गर्नु भएको छ ।

विजयी दुवै उम्मेदवारहरुले २०७४ सालको निर्वाचनमा पराजय हुनु भएको थियो । विजयी राजीव विक्रम शाहले जाजरकोटको प्रतिनिधि सभामा पराजय हुनु भएको थियो भने बेदराज सिंहले सोही प्रदेशमा नै हार व्यहोर्नु भएको थियो ।