दाङ-३ मा प्रतिनिधिसभा सदस्यतर्फ १८२६० मत गणना हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले मतान्तर बढाउँदै लगेका छन्।
पूर्व मन्त्रीसमेत रहेका नेता गिरीले ७४३७ मत प्राप्त गर्दा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले ५८७९ मत प्राप्त गरेकी छन्। गिरी र वली बीचको मतान्तर-१५५८ रहेको छ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले ३०३१ मत प्राप्त गरेका छन्। यहाँ कुल मतदाता १ लाख ४६ हजार ४७५ रहेकोमा ९० हजार १५० मत खसेको थियो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार












प्रतिक्रिया दिनुहोस्