Kohalpur Today Header Ads

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित




काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन्।

श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए। माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्।

यस्तै राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत ल्याउँदा नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत प्राप्त गरे।

LIfe Ok

यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार