ललितपुर-३ मा फेरि तोसिमा कार्कीको अग्रता




काठमाडौं ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् ।

नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले अग्रता लिए पनि सोमबार दिउँसो नेकपा एमालेका उम्मेदवार खड्काले अग्रता लिएका थिए । माओवादी उम्मेदवार भुसाल भने सुरुवातदेखि नै तेस्रो स्थानमा छिन् ।

यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार