बांकेमा निर्वाचन सौहाद्र रूपमा सम्पन्न भएको मानव अधिकार मन्चको निस्कर्ष




कोहलपुर,                                                                       

राष्ट्रिय मानव अधिकार मन्च नेपाल, बाँकेले आज सम्पन्न निर्वाचनको अनुगमन पूरा गरेको छ । मन्चले विहानै देखि बांकेका निर्वाचन केन्द्रमा रहेका कोहलपुर नेपालगन्ज, खजुरा, बैजनाथ, जानकी राप्ती सोनारी, नरैनापुर लगायतका स्थानीय निकायमा अनुगमन गरेको हो ।

मन्चले कोहलपुरका विभिन्न मतदान केन्द्रमा पुगि निर्वाचन सम्बन्ध जानकारी लिएको हो । कोहलपुर- १ को कृष्ण माध्यमिक विद्यालयमा रहेका मतदान अधिकृत राम सुरेश यादवका अनुसार निर्वाचन निर्बाध रूपमा सम्पन्न भएको जानकारी दिए । उनले भने बाहिर केही हो हल्ला गर्न खोजेपनि खासै समस्या नभएको जानकारी दिए ।
कोहलपुर -२ को मुक्ति प्रा वि र लक्ष्मी माध्यमिक विद्यालयमा पनि निर्बाध रूपमा सम्पन्न भएको छ । त्यसैगरी कोहलपुर -३ को जनता माध्यमिक विद्यालय मैटहवामा निर्बाध रूपमा सम्पन्न भएको अनुगमनको क्रममा देखिएको थियो ।
कोहलपुर -११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको केन्द्रमा पनि निर्बाध रूपमा सम्पन्न भएको जानकारी मतदान अधिकृतले दिए ।

कोहलपुरको -१० को त्रिभुवन माध्यमिक विद्यालयमा भने सुरुको समयमा केही समस्या देखा परेको थियो । एउटा मतदान केन्द्रमा केही समस्या आएको भए पनि समस्या समाधान गरि निर्बाध रुपमा सम्पन्न भएको जानकारी मतदान अधिकृत रवि मिजारले जानकारी दिए । जहाँ बाहिर निकै आम मानिसको बाक्लो उपस्थित रहेको देखिएको अनुगमनका क्रममा देल्हिएको शर्माले वताए  । कोहलपुर -८ र ९ को कृषि विकास मतदान केन्द्रमा भने सौहाद्र रूपमा सम्पन्न भएको मतदान अधिकृत कांशी पंगेनिले जानकारी दिए । जुन केन्द्र्मा स्थानीय निर्वाचनको बेला निकै झडप भएकोले समस्या आएको थियो ।

कोहलपुर-१२ मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालय चपरगौडिमा भने सौहाद्र रूपमा सम्पन्न भएको जानकारी दिए । त्यसैगरी कोहलपुर -१३ को विद्याज्योती आ वि मा भने केही जांड खाएका व्यक्तिले बाहिर केहि हो हल्ला गरेपनि खासै समस्या नभएको जानकारी प्राप्त भएको हो । कोहलपुर -१४ को राम माध्यमिक विद्यालयमा पनि राम्रो संग निर्वाचन सम्पन्न भएको छ ।

उता बैजनाथ गाउँपालिकाको प्रभात माध्यमिक विद्यालयमा पनि निर्बाध रुपमा सम्पन्न भएको छ । जहाँ बाँके क्षेत्र नं. १ मा खसेकाे कुल मत ८१८०६
क्षेत्र नं. १ (क) मा खसेकाे जम्मा मत ३९५९०), क्षेत्र नं. १ (ख) मा खसेकाे जम्मा मत ४१८०६, काेहलपुर नगरपालिकाकाे १५ वटै वडामा खसेका मतहरू : वडा १ : १६५०, वडा २ : ४६८७, वडा ३ : २८०१, वडा ४ : १४४८, वडा ५ : २४२७, वडा ६ : १७९७, वडा ७ : १२७२,वडा ८ : २०३९ वडा ९ : १६७९, वडा १० : २५८८, वडा ११ : ३९६१, वडा १२ : ३५७९, वडा १३ : २३८६, वडा १४ : १९४३ र वडा १५ : २४६१ जम्मा खसेकाे मत ३६७१८ राप्तिसाेनारी ८ र ९ मा खसेकाे मत वडा ८ : २२०२२ र वडा ९ : २५२६ जम्मा खसेकाे मत ५०७८ मत खसेको छ ।
किन खसेना स्थानीय निर्वाचन जस्तो मत भन्ने सवालमा आम जनताले निर्वाचनमा आम राजनीतिक पार्टी प्रतिको वितृष्णा र झुट्टा आश्वासन दिने गरेको निर्वाचन प्रतिको विश्वास घटनु रहेको स्थानीय मतदाताको भनाई रहेको छ । मतदान केन्द्रमा पुरुषको भन्दा महिलाको उपस्थित बढी देखिएको थियो । यो हुनुमा पुरुष आर्थिक आम्दानीको लागि विदेश पलायन भएको र देशमा रोजगारीका अवसर नभएको देखिन्छ ।

विशेष गरि निर्वाचन गर्न आउने आम नागरिकको लागि आवश्यक जेष्ठ नागरिकको लागि छुट्टै व्यवस्था हुनु पर्ने, अपांगता व्यक्तिको लागि खासै ध्यान पुर्याउन नसकेको देखियो । महिला, सुत्केरी महिलाको लागि पनि छुट्टै व्यवस्था नभएको देखियो । स्थानीय पार्टीका एजेन्टको बाहुल्यताले बढेको, सरकारी तथा गैरसरकारी निकायले अनुगमनको जिम्मेवारी लिए पनि हरेक मतदान केन्द्रमा खासै नपुगेको जानकार प्राप्त भएको थियो ।

सुरक्षाकर्मीको भने निकै राम्रो कार्यशैली भएको देखिएको जानकारी दिएको छ । कोहलपुरका मतदान केन्द्रमा बागेश्वरी क्याम्पस, कृष्ण मा वि, ज्ञानज्योति मा वि लक्ष्मी मा वि, त्रिभुवन मा वि र राम मा वि जस्ता केन्द्रहरु निकै सहज रहेको मन्चले जानकारी दियो । समग्रमा मतदान केन्द्र राम्रो भएको निस्कर्ष  निकालेको छ ।
निर्वाचनको अनुगमन टोलिमा मानव अधिकार मन्च बांकेका सचिव एकराज शर्मा, कोषाध्यक्ष शिवध्वज शाही, संस्थापक सदस्यहरु बालकुमार शर्मा मान बहादुर शाही तथा कार्यसमिति सदस्य पतिराम थारुको टोलिले कोहलपुर, राप्ती सोनारी र बैजनाथका मतदानमा केन्द्रको अनुगमन गरेको जानकारी सचिव शर्माले जानकारी दिए । उता कोहलपुर -५ र ६ को पुर्ण जिम्मेवारी मन्चका अध्यक्ष राम बहादुर मल्लले अनुगमन गरेका थिए ।
नेपालगन्जमा लुम्बिनी प्रदेश प्रमुख जि वि घिमिरे, कार्यसमिति सह सचिव राजन कडेल, सदस्य विरेन्द्र यादवको समुहले अनुगमन गरेको जानकारी कोहलपुर टुडेलाई जानकारी घिमिरेले जानकारी दिए ।
त्यसैगरी कोहलपुर टुडेका सम्पादक एकराज शर्माले निर्वाचनको  अनुगमन गरेका छ्न । खजुरा र जानकी गाउँपालिकामा भने कोहलपुर टुडेका प्रतिनिधि गम बहादुर डांगरले गरेका थिए । कोहलपुर टुडेका अनुसार पनि बांके जिल्लामा सौहाद्र रूपमा निर्वाचन सम्पन्न भएको जानकारी दिएका छ्न ।
उता रुकुममा कोहलपुर टुडेका प्रतिनिधि सुदाम शर्माका अनुसार रुकुम पश्चिममा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान जिल्ला भरका १ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्रमा एकै पटक बेलुकी ५ बजे सम्पन्न भएको हो । जिल्लामा सामान्य बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले जानकारी दिनुभयो । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र साटिदा केही समय मतदान रोकिएको थियो ।

६४ जना कैदीबन्दीले मतदान गरेका छन् । उनिहरुका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र राखिएको थियो । जसमा जिल्ला कारागारमा रहेका ६४ जना कैदीबन्दी र ३ जना कर्मचारी गरी ६७ जनाले मतदान गरेको मतदान अधिकृत लक्ष्मण विकले जानकारी दिनुभयो ।मुसिकोट खलंगाको बराहटाकुरामा रहेको अर्को अस्थायी मतदान केन्द्रमा ७८ मत मात्र खसेको छ । कुल ४ सय ९० जना मतदाता रहेकामा जम्मा ७८ जनाले मात्र मतदान गरेको मतदान अधिकृत जोगेन्द्र पुनले जानकारी दिनुभयो । अस्थायी मतदाता नामावलीमा नाम भएका कर्मचारी र सुरक्षाकर्मीले समानुपातिक तर्फ मतदान गरेका हुन् ।

कालिकोटकाे पछिल्लो अपडेट अप्सरा विस्टका अनुसार यस्तो रहेको छ । कुल: ४६१५८ महिला: २२९०२ पुरुष : २३०५६, ५६.८७ प्रतिशत मतदान खसेको छ । दुईवटा स्थानीय निकायको आउन बांकी छ । त्यसैगरी सल्यान जिल्लामा पनि सौहार्द्र रूपमा निर्वाचन सम्पन्न भएको अनुगमनको क्रममा कोहलपुर टुडेका प्रकाशक डिल्ली शाहीले जानकारी दिए । यसैगरी सल्यान जिल्लामा जम्मा ५३.२७ प्रतिशत मत खसेको छ । जसमा चालीस हजार एक्काईस पुरुष र चालीस हजार एक महिला गरि चौरासी हजार बाईस जनाले मतदान गरेका छ्न ।जसमा जम्मा मतदाता संख्या एकलाख सन्ताउन जहार सात सय एक मतदाता रहेको निर्वाचन कार्यलय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले वताए ।

प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार