हुम्लाको डाँफे मतदान केन्द्रमा २ समूहबीच झडप, असई घाइते




हुम्ला ।
हुम्लाकाे डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएकाे छ ।

सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेकाे मतदान अधिकृत साजन ऐडीले जानकारी दिए ।
एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो । सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिं‌दा मतदनस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते समेत भएको उनले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार