हुम्लाको डाँफे मतदान केन्द्रमा २ समूहबीच झडप, असई घाइते

हुम्ला ।
हुम्लाकाे डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएकाे छ ।

सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेकाे मतदान अधिकृत साजन ऐडीले जानकारी दिए ।
एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो । सोही क्रममा उत्पन्न विवादले उग्ररुप लिं‌दा मतदनस्थल सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते समेत भएको उनले बताए ।