हेटौंडा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ जना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ ।
बिहान करिब १० बजेको समयमा उनीहरुलाई हेटौंडा–१० बसपार्कबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज रवि खड्का, जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरु अजय गहतराज, बिकास लामा, अनिल सिङ्तान र जिल्ला युवा अध्यक्ष बसन्त लामा रहेका छन् ।
पक्राउ परेका सबैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको कार्कीले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्