विराटनगर ।
विराटनगर महानगरपालिकाका दुई स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
निर्वाचनको अघिल्लो दिन शनिबार विराटनगरका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको थियो । शनिबार विहान विराटनगर महानगरपालिका-३ को पुष्पमार्ग र दिउँसो विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो ।
दुवै स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो । डिस्पोज गरिएका वस्तु बम नभएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार पुष्पचोकमा रङको खाली बट्टामा कपडा राखेर तार र टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।
खारजीमा इनामेलको बट्टा खतरा राखेर राखिएको अवस्थामा फेला परेको उनले बताए । आतंक सिर्जना गर्ने उद्देश्यले राखिएका दुवै वस्तु निष्क्रिय बनाइएको उनले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्