Kohalpur Today Header Ads

बर्दियामा ट्रयाक्टर पल्टिएर चालकको मृत्यु




गुलरिया ।
बर्दियाको राजापुर स्थित कर्णाली नदीको तटबन्धन सडकमा गुडिरहेको ट्रयाक्टर पल्टिंदा चालकको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय किशोर थारुको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको हो।

कर्णाली नदीको तटबन्धन मार्ग हुँदै अनन्तपुर जाने क्रममा भे २ त १००० नम्बरको आफैंले चलाएको ट्रयाक्टर पल्टिएर च्यापिएपछि चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए ।

ट्रयाक्ट अनियन्त्रित भइ पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकको पोस्टमार्टम र घटनाको विस्तृत अनुसन्धान भैरहेको उनले बताए।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ३ गते शनिबार