क्लबले आर्थिक अनियमिता गरेको भन्दै कोहलपुर नगरपालिकाले हटायो टहरा

कोहलपुर ।

कोहलपुर नगरपालिकाले सालको बुटा नजिकै रहेका १० वटा टहरा हटाएको छ । शुक्रबार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, वडा नं. २ का अध्यक्ष हरि कठायत र नगर प्रहरीका प्रमुख विर बहादुर थापाको नेतृत्वमा टहरा हटाईएको हो ।

२०७९ कार्तिक १८ गते सिद्धार्थ क्लबका पदाअधिकारीहरु विच विवाद भएको थियो । पदाअधिकारहरुले एक अर्कोलाई आर्थिक अनियमिता गरेको आरोप लगाइरहेका छन् । २०६२ सालमा दर्ता गरेको सिद्धार्थ क्लबले विगत १३ वर्षदेखि सालको बुटा नजिकै १० वटा सटर निर्माण गरी १ हजार रुपैयामा भाडामा दिइएको थियो ।

क्लबका पदाअधिकारीले सदस्य नविकरण नगरेको र क्लबको रकम समेत स्पष्ट नपारेपछि एक आपसमा द्धन्द्ध सिर्जना भएको विशाल परियारले बताए । तर विवादलाई समाधान गर्न खोजिरहेका थियौ तर नगरपाकलिकाकै स्वमित्वमा हुने गरी टहरा भत्काएको परियारको भनाई थियो ।

कोहलपुर टुडेको खोज अनुसार ४/५ जनाको मिलोमतोमा आफ्नो नाममा जग्गा बनाउन खोजेको तर सम्भव नभएपछि क्लबको नामबाट सञ्चालन गरेको पाइएको हो । २०५२/०५३ सालमा सालको बुटा नजिकै करिब ३ कठ्ठा जग्गा आफ्नो नाममा ल्याउन खोजेका थिए तर सम्भव नभएपछि क्लबको नामबाट सञ्चालन गरेको स्थानीयहरुले बताएका छन् ।

क्लबको नामबाट सञ्चालन भएका टहराहरुमा राजनितिक दलहरुले फरक फरक स्वःरुपमा हेर्न थालेपछि विस्तारै विवाद बनेको थियो तर अहिले क्लब पूर्ण विवाद भएपछि वडाले आफ्नो स्वमित्व लिनका लागि टहरा हटाएको स्थानीय नविना विकले जानकारी दिइन् ।

उता क्लबका संस्थापक अध्यक्ष छविलाल आलेले क्लबलाई लगाएको आरोप स्वीकारेनन् । ‘जग्गा संरक्षण गरेका हौं, आफ्नो नाममा ल्याउन खोजेका होइनौ’ उनले भने, ‘तर दलको राजनितिक कारणले गर्दा अहिले समस्या ल्याइएको मात्र हो ।’ कोहलपुर टुडेसंग कुराकानी गर्दै आलेले भने, ‘केही मिडियाहरुले अतिक्रमण गरेको भन्ने शब्दलाई घोर विरोध गर्छु तर तपाईले सोेध्नुभयो तर अतिक्रमण गरेका होइनौं ।’

‘क्लबले सामाजिक काम गर्नेका लागि जिल्ला प्रशासनमा दर्ता गरी ल्याइएका थियौ तर सामाजिक सरोकारका विषयमा पनि काम गर्‍र्यौे,’ उनले थपे, ‘सालको बुटा नजिकै रहेको जग्गाको संरक्षण गर्न क्लबको नेतृत्वमा १० वटा टहरा बनायौं सो टहराबाट मासिक भाडा उठाउँथ्र्थौ ।’ तर भाडा नदिएको १८ महिना भन्दा बढि भएकोे अध्यक्ष आलेले बताए ।

यस्तै क्लबका सचिव लोकेन्द्र रानाले नामको मात्रै सचिव भए तर जिम्मेवारी सबै अध्यक्षसंग हुने गरेको गुनासो पोखेका थिए ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. २ का हरि कठायतले क्लबले व्यवस्थापन गर्न नसकेपछि टहरा हटाई वडाको मताहतमा लिएको बताए । वडा कार्यालयले अबको तीन दिनभित्र टहरामा भएका समानहरु नलिएपछि पालिकाले लिने समेत सूचना जारी गरिसकेका छौ उनले भने पहिलेका घटना क्रममा वडा पुग्दैन ।

अहिलेसम्म जग्गा संरक्षण गर्नभयो त्यसको लागि धन्यवाद दिँदै टहरामा भाडामा बसिरहुनभएका व्यक्तिहरुलाई कार्यपालिकाको के कस्तो निर्णय हुन्छ सोही अनुसार अगाडि बढ्ने अध्यक्ष कठायतले बताए ।