Kohalpur Today Header Ads

कर्णालीका तीन ४८ कैदीबन्दीले पाए मतदान गर्ने अधिकार




मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे लागि कर्णालीका ३ सय ४८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्।

अभियोग प्रमाणित हुनुभन्दा पहिला मतदाता नामावली भरेका कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार डोल्पामा १४, सुर्खेतमा १ सय १, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८ र हुम्लामा १७ कैदीबन्दीले मतदान गर्न पाउने छन्।

त्यस्तै जुम्ला कारागारमा कैद भुक्तानी गरिरहेका १ सय ७ कैदीबन्दी मध्ये १४ जनाले मतदान गर्न पाउने भएका छन्।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

जुम्ला कारागारका अनुसार मतदान गर्न पाउनेमा सबै पुरुष मतदाता छन्। मतदानको लागि अस्थायी मतदान केन्द्रको व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले बताए। उनका अनुसार कैदीबन्दीले समानुपातिकतर्फको मात्रै मतदान गर्न पाउने व्यवस्था छ।

डोल्पा जिल्लामै मतदाता नामावली भएका १४ जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताए। उनका अनुसार मतदाता नामावलीमा नाम भरेका कैदीबन्दी मतदान गर्नबाट बञ्चित हुने छैनन्।

सुर्खेत कारागारमा रहेका १ सय १ कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको छ। कैदीबन्दीले समानुपातिक तर्फको संघमा मात्रै मतदान गर्न पाउने प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले बताए। उनका अनुसार रुकुम पश्चिमको कारागारमा १ सय २४ कैदीबन्दी भएकोमा ६६ जनाले मतदान गर्नेछन्।

कारागारभित्रैबाट पनि मतदान गर्न पाउने भए पनि कैदीबन्दी उत्साही छ। कैदीबन्दीले आफ्नो सिद्धान्त र विचार नजिकको पार्टीका उम्मेदवारसँग मतदान गर्ने विषयमा छलफल गरिरहेको जेलरहरूको भनाइ छ। मुगुबाहेक कर्णालीका ९ जिल्लामा कारागार छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २ गते शुक्रबार