जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

जुम्ला ।

तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँमा करेन्ट लागेर एक जना मुत्यु भएको छ । सोही वडाका १९ वर्षीय राजेश रावतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोलारको पोल ठड्याउदै गर्दा विजुलीको तारसँग छोइएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका रावतको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

यस्तै करेन्ट लागेर सोही वडाका २८ बर्षका शंखु चौलागाई र धनवीर रावत सामान्य घाइते भएका थिए । घाइते धनवीर रावतको उपचारपछि डिस्चार्ज भएका र चौलागाईको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।