Kohalpur Today Header Ads

बालकुमारीबाट लागुऔषधसहित २ जना पक्राउ




काठमाडौं ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-७ बस्ने ३६ वर्षीय प्रज्वल देउला र अर्का एकजना रहेका छन्।

उनीहरुको साथबाट नाइट्राभेट १ सय ३९ ट्याब्लेट, डाइजेपाम ६ सय ६५ एम्पुल, नुफिन ७ सय १६ एम्पुल, फेनारगन ८ सय ५२ एम्पुल, एकथान स्कुटर, ५ थान मोबाइल र ९२ हजार बढि नगद बरामद गरेको प्रहरीले जनाएको छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १ गते बिहीबार