Kohalpur Today Header Ads

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा परीक्षा विपरीत कार्य गर्नेलाई कारबाही




काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा परीक्षा विपरीत कार्य गर्नेलाई कारबाही गरेको समयसिमा सकिएपछि नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले १५ महिनापछि व्यवस्थापन संकाय ४ वर्षे स्नातक तह (बीबीएस) प्रथम वर्ष २०७७ को नतिजा बुधबार सार्वजनिक गर्दै सात जना विद्यार्थीलाई २०७८ सालसम्म दुई वर्षको लागि त्रिविबाट सञ्चालिन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गरिएको जनाएको छ । तर कार्यालयले भने कारबाही गरिएको समयसिमा भन्दा एक वर्ष ढिला नतिजा सार्वजनिक गरेको छ ।

सूचनामा भनिएको छ, ‘परीक्षार्थीहरुलाई २०७८ सालसम्म २ वर्षको लागि त्रिवि बाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निस्काशन गरिएको छ।’

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कार्यालयले बीबीएस प्रथम वर्ष २०७७ को परीक्षा २०७८ साउन महिनामा सञ्चालन गरेको थियो । पनिकाले संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने विद्यार्थीलाई कारबाही गरेको जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १ गते बिहीबार