नेशनल प्याब्सन कोहलपुरको अध्यक्षमा केसी

कोहलपुर ।

नेशनल प्याब्सन कोहलपुरको अध्यक्षमा विष्णु केसी निर्वाचित भएका छन् ।

बुधबार नेशनल प्याब्सन कोहलपुरको तेस्रो अधिवेशनबाट विष्णु केसीको अध्यक्षतामा ५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । सो कार्यसमितिको सचिवमा पूर्ण घले, कोषाध्यक्षमा ज्ञानेन्द्र आचार्य रहेका छन् भने सदस्यमा महेन्द्र कार्की रहेका छन् भने १ जना मनोनित गर्नेछ ।

कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्नस लुम्बिनी प्रदेशका अध्यक्ष कुवेर बस्नेतले शिक्षामा संस्थागत विद्यालयहरुले ठुलो योग्दान गरेको बताए । संस्थागत विदालयहरुले देशका हजारौ युवाहरुलाई रोजगारी दिएको छ भने लाखौ विद्यार्थीहरुको भविष्य उज्वल बनाउने काम गरेको छ, तर सरकारी स्तरबाट संस्थागत विद्यालयहरुको विरुद्ध निमोठिने गरी निति नियम निर्माण नगर्न आग्रह गरे ।

यस्तै नयाँ कार्यसमितिका अध्यक्ष केसीका अनुसार कोहलपुरको शैक्षिक हव बनाउनका लागि निजि विद्यालयले खेल्नुपर्ने भूमिका काँहीकतै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिकाका निर्वतमान अध्यक्ष वेग प्रकाश चन्दको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सह-सचिव गोविन्द चौधरी, प्रदेश सह-कोषाध्यक्ष कमल पछाई, प्रदेश सदस्य शिव प्रसाद डाँगी, जिल्ला अध्यक्ष श्याम कंवर, प्रथम उपाध्यक्ष किशोर राज मल्ल, प्रथम उपाध्यक्ष चिरिञ्जीवी चन्द र निर्वतमान सचिव अमृत पौडेल लगायत कोहलपुरका बुद्धिजीवी, समाजसेवी र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।