रुकुम पश्चिम देशको केन्द्रमा छ : शर्मा

रुकुम पश्चिम ।

रुकुम पश्चिममा अर्थमन्त्री तथा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुम पश्चिम जिल्ला देशको केन्द्रसंग प्रत्यक्ष जोडिएकोले विकास र समृद्धि तिव्र रुपमा हुन ढुक्क हुन मतदातालाई आग्रह गरेका छन् ।

बुधबार एक सभामा सम्बोधन गर्दै शर्माले हिजोका विभिन्न कालखण्डमा रुकुमले देशको नेतृत्व गरेको र अवका दिनमा पनि रुकुमले विकासको मोडल दिने उनको भनाई थियो ।

यस्तै सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कर्णाली प्रदेश महासचिव कृष्णबहादुर रोकायले गठबन्धनले प्रदेशका सबै २४ वटै सिटमा विजय हाँसिल गर्ने दाबी गरे । अहिले अल्पमतमा रहेको कांग्रेसले प्रदेशको नेतृत्व गरेको जस्तो भोली त्यस्तो नहुने उनले बताए ।

यस्तै सभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बसन्तकुमार शर्मा, नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार प्रेमकुमार सुनार, नेकपा एकीकृत समाजवादीका प्रदेश समानुपातिक सदस्यका उम्मेदवार माधवप्रसाद गौतम लगायतले गठबन्धनको औचित्य र मतदान गर्नुपर्ने कारण सहित आफ्ना भनाई राखेका थिए ।