Kohalpur Today Header Ads

बादशाहको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी




नेपालगञ्ज ।

नेपालगञ्ज उपमहानगरपालिका १७ परसपुरकी निर्मला कुर्मी बेपत्ता घटनामा मुछिएका बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेससभा (ख) का उम्मेदवार बादशाह कुर्मीको उम्मदेवारी खारेजी माग गर्दै निर्वाचन कार्यालय बाँकेमा उजुरी परेको छ ।

निर्मला कुर्मी बेपत्ता सम्बन्धनमा छानविन गर्न गठन भएको समितिले पनि बादशाहलाई कारवाहीको सिफारिस गरेको भन्दै उनी विरुद्ध महिला अधिकार मञ्चले उजुरी दिएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

निर्मला बेपत्ता घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको र गृह मन्त्रालयले गरेको छानबिनले समेत दोषी ठहरिएको हुँदा बादशाहको उम्मेदवारी खारेज गरिनुपर्ने उजुरीमा उल्लेख छ ।

‘सरकारले गठन गरेको छानबिन समितिले समेत बादशाहलाई निर्मलाको मुद्दामा दोषी ठहर गरेको र उक्त मुद्दाको हालसम्म न्यायिक निकास नभएकोले मुख्य अभियुक्त रहेका बादशाह कुर्मी बाँके क्षेत्र नं.३ (ख) बाट प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार रहेको हुँदा कारबाही गरी नामांकन खारेज गरिदिनुहुन अनुरोध गरिन्छ,’ उजुरीमा भनिएको छ ।

कांग्रेसका जिल्ला नेता बादशाह सत्तागठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । निर्मला ०६६ मा एकाएक बेपत्ता भएकी थिइन् । त्यसयता उनी कसैको सम्पर्कमा आएकी छैनन् । परिवारका सदस्य उनको अपहरणपछि हत्या भएको बताउँछन् । हत्यामा उनै बादशाह संलग्न रहेको उनीहरूले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरीसमेत दिएका छन्, तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार