रङ लगाउने क्रममा खसेर एकजनाको मृत्यु




काठमाडौं ।
कास्कीको पोखरामा रङ लगाउने क्रममा खसेर एकजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१२ अन्नपूर्णटोलस्थित रामबहादुर गुरूङको घरमा रङ लगाउने क्रममा दुई तला माथिबाट खसेर सोही महानरगपालिका–१० नागिन टोल बस्ने ३८ वर्षीय राजु खवासको मृत्यु भएको हो ।

खसेर गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार