कोहलपुर ।
नेपालगञ्ज विमानस्थलका सुरक्षा प्रमुख प्रेमसिंह भण्डारी हृदयघातका कारणले मुत्यु भएको छ ।
मंगलबार साँझ करिब ६ डिउटी गरिरहेका नेपालगञ्ज विमानस्थलमा रहेकाे भिआइपीहरुलाई भिआइपी रुममा लिँदै गर्दा एक्ककासी लडेको प्रहरी जनाएको छ ।
मंगलबार नेपालगञ्ज विमानस्थलको भिआइपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए ।
कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज आएका प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष बुद्ध एयरमा काठमाडौँ फर्किँदै थिए ।
लडेपछि प्रेसर उच्च भएका भण्डारीको हृदयघातका कारणले मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुर टुडेलाई जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्