खजुरा ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि निर्वाचनका लागि सोमबार नेपाली काङ्ग्रेस खजुरा ८ सभापति सलाउदिन खानको अध्यक्षता एवं बाँके क्षेत्र नम्बर ३ बाट बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस सह महामन्त्री एक संघीय सांसदका उम्मेदवार किशोर सिंह राठौरको प्रमुख आतिथ्य र क प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता पुर्बमन्त्री दल बहादुर सुनारको बिशेष आतिथ्यमा खजुरा गाउँपालिका ७ कलंसन गाउँमा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रमको कोण सभा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोर सिंह राठौर र क प्रदेश सभा सदस्य पदका उम्मेदवार दल बहादुर सुनार नेपाली काङ्ग्रेस प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार आशा बि क क प्रदेश सभा सदस्य पदका उम्मेदवार मोहम्मद नक्की खाँन नेकपा नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य होमनाथ सापकोटा,अर्जुन उप्रेती,नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका अध्यक्ष राज कुमार बि क गठबन्धनका नेता कार्यकर्ता लगाएत स्थानीयहरुको उपस्थितिमा भब्य रूपमा कार्यक्रम सम्पन्न भएको युवा संघ नेपाल बाँके जिल्ला उपाध्यक्ष प्रकाश रसाइलीले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सुनारले घर घरमा ग्यासको पाइप,हावा बाट बिजुली,रेल चलाउने नेकपा एमालेको २०७४ को घोषणा पत्र पूरा नभएका कारण नेकपा एमाले परित्याग गरेको सुनारले स्पष्ट पारेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी किशोर सिंह राठौरले नेपाली काङ्ग्रेस ले जे बोल्छ त्यो गर्छ त्यसैले बिगत एक दशक देखि नेकपा एमालेलाई जिताएका कारण बिकास नभएको र यो १० बर्षभित्र कुनैपनी राष्ट्रिय बजेट पार्न नसकेर बिकास हुन सकेन त्यसैले अब यो पटक आफ्नो भाबिपुस्ताको लागि यो पटक स्थानीय तह नेपाली काङ्ग्रेसले जानकी गाउँपालिका र बैजनाथ गाउँपालिका जितेको छ भने खजुरा गाउँपालिका गठबन्धनले जितेको छ अब गठबन्धन बाट प्रदेश सभा सदस्यमा क प्रदेश सभा सदस्य पदका लागि नेकपा माओवादी केन्द्रका नेता स्वतन्त्र उम्मेदवार दल बहादुर सुनारलाई पानीको धारामा र प्रतिनिधि सभा सदस्य पदका लागि आफुलाई नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर जिताउन अनुरोध गर्दै ५ बर्षभित्र बिकास नगरे अर्कोपटक चुनावमा आफू भोट माग्न नआउने र आफ्नो सपना बाँके जिल्ला र बर्दिया जिल्लालाई जोड्न चारलेनको सडक निर्माण गर्ने कृषि स्वास्थ्य शिक्षा भौतिक पुर्बाधारको बिकास गरेर निर्वाचन क्षेत्र लाई नमुना बनाउने जनता सामु प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रमलाई समापन गर्दै नेपाली काङ्ग्रेस खजुरा ८ का वडा सभापति सलाउदिन खानले लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन अनुरोध गर्दै कार्यक्रम समापन गरेका थिए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्