Kohalpur Today Header Ads

बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ




ललितपुर ।
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरमा दुई जनालाई पक्राउ गरेको छ । गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले १० वर्षीया र ११ वर्षीया बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रहरीको भनाइ छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीलेउनीहरूलाई पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार