Kohalpur Today Header Ads

ललितपुरमा हत्या, ६ जना पक्राउ




काठमाडौं ।
रामेछापका एक जना निर्माण व्यवसायीको हत्याको आरोपमा ६ जना पक्राउ परेका छन्। मन्थली नगरपालिका -१० चनखुका ३९ वर्षीय राजन बस्नेतको ललितपुरको नख्खुमा कुटपीटबाट हत्या भएको हो।

आफन्तले जाहेरी दिएपछि बस्नेतको हत्याको आशंकामा ६ जनालाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता सिद्दिविक्रम शाहले जानकारी दिए। शाहका अनुसार आइतबार बिहान विष्णुदेवी मन्दिरमा पूजा गर्न जाँदा स्थानीयले छट्पटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

बस्नेत निर्माण व्यवसायीको काम गर्दै आएका थिए। उनको शवको पाटन अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बस्नेतका दुई छोरा रहेका छन्। श्रीमती केहि समय अगाडि विदेश गएकी थिइन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २८ गते सोमबार