काठमाडौं ।
काठमाडौंको थापाथली नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेका छन्।
उनको उपचारका क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ।
आज बिहान साढे ५ बजे कुसुवालाई ठक्कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०१९ प ३१९५ नम्बरको मोटरसाइकल पल्टिएको थियो।
मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्