नगर प्रहरीलाई पाँच वटा साइकल हस्तान्तरण

कोहलपुर ।

कोहलपुर नगरपालिकाले नगर प्रहरीलाई साइकल हस्तान्तरण गरेको छ ।

बिहिबार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले संयुक्त रुपमा नगर प्रहरीलाई ५ वटा साइकल हस्तान्तरण गरेका छन् ।

साइकल हस्तान्तरण गर्दै नगर प्रमुख आचार्यले नगरपालिकाभित्र विहान, दिउसो र साँझको समयमा गस्ती गर्नका लागि साइकल हस्तान्तरण गरेको बताए । ‘नगर प्रहरीले के-के गर्ने भन्ने छुट्याइसकेका छौं ।’ उनले भने, ‘सोही अनुसार नगर भित्र नगर प्रहरीको गस्ती हुनेछ ।’ कोहलपुरका १५ वटै वडामा गस्ती पुग्ने छ, जसले पालिकाका विभिन्न योजना र बजार व्यवस्थापनलाई हेर्न आचार्यले बताए ।

यस्तै नगर उपप्रमुख सुवेदीले नगर प्रहरीलाई गस्ती गर्न साधन अभाव भएकोले साइकल वितरण गरेको बताइन् ।

प्रतिसाइकलको १२ हजारका दरले पाँच वटा साइकल नगरपालिकाले किनेको थियो । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ढकाल, नगर प्रहरीका प्रमुख वीरबहादुर थापा लगायत अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।