Kohalpur Today Header Ads

सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउँदै प्रहरी




सप्तरी ।
सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटाएको छ । तुल, ब्यानरसहितका सामग्री प्रचार प्रहरीले हटाएको

सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम राजविराजमा आचारसंहिता विपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि नहटाउँदा प्रहरी लगाएर हटाउन लागिएको बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उनका अनुसार सार्वजनिक यातायातमा राखिएको दलको झन्डासमेत खोल्न लगाइएको छ ।
सप्तरी-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक वाम गठबन्धनबाट जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २३ गते बुधबार