Kohalpur Today Header Ads

स्वतन्त्र पार्टी मनपर्ने उम्मेदवार र दललाई भोट माग्दै कलाकार चुनावी कार्यक्रममा सहभागी




काठमाडौं ।
कलाकारलाई पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी माहौलले छोपेको छ । मनपर्ने उम्मेदवार र दललाई भोट माग्दै कलाकार चुनावी कार्यक्रममा सहभागी हुन थालेका छन् ।

म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेती पनि चुनावी कार्यक्रममा व्यस्त छिन् । उनी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमको पक्षमा खुलेकी छन् ।

उम्मेदवार गौतमको घरदैलो कार्यक्रममा भाग लिंदै उषाले घण्टी चिन्हमा मतदान गर्न आग्रह गरेकी छन् । ‘भोट फर सोविता दिदी’ लेख्दै सामाजिक सञ्जालमा उनले उम्मेदवार गौतमसँगको तस्वीर पनि सेयर गरेकी छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उषा पछिल्लो समयकी सबैभन्दा व्यस्त म्युजिक भिडियो मोडल हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २३ गते बुधबार