एकै साथ ३० वटा वडामा गठबन्धनको घरदैलो

बाम लोकतान्त्रिक गठबन्धनले बाँके क्षेत्र नं. १ का ३० वटै वडामा एकसाथ घरदैलो तथा जनभेटघाट अभियान सुरु गरेको छ ।
३० वटै वडामा निर्वाचन परिचालन समिती गठन गरेको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धन आफ्ना प्रतिबद्धता सहित जनताको घर दैलोमा पुगेका छन ।

घरदैलो तथा जन भेटघाटका क्रममा जनताका गुनासो र सुझावहरु संकलनहरु समेत गरेका छन । गठबन्धनका उम्मेदवार बाहेक कार्यक्रर्ताहरु पनि सक्रिय रुपमा चुनाबि गतिबिधीमा खटिएको निर्वाचन परिचालन समितीका बाँके क्षेत्र नं. १ का संयोजक नरेन्द्र न्यौपानले जानकारी दिए ।

निर्वाचन परिचालनकालागी प्रदेश स्तरमा बाँके १ (क) मा पट्टु थारु र १ (ख) का लागी बलराम शर्मा संयोजक रहेको निर्वाचन परिचाल समितीले काम गरिरहेको छ ।

प्रदेश निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्माले गठबन्धका चुनाबि कार्यक्रमहरु उत्साह जनक रुपमा भईरहेको बताएका छन । वडा, नगर र क्षेत्र स्तरका सम्पुर्ण नेता कार्यकर्ता चुनावी प्रचार अभियामनमा होमिएको उनले जानकारी दिए ।

बाँके १ (क) निर्वाचन परिचालन समिती संयोजक पट्टु थारुले उक्त निर्वाचन क्षेत्रमा गठबन्धका एकलौटी प्रचार अभियान चलिरहेको जानकारी दिए । अन्य दलको गतिबिधी नगन्य छ गठबन्धनका पक्षमा एक लौटी उभार छ उनले भने ।
सो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा माओवादीको बर्चस्व रहेको क्षेत्र रहेकाले अन्य दलको उपस्थिती नरहेको उनले बताए ।