Kohalpur Today Header Ads

राप्तीसोनारीका मतदाता भन्छन्, उज्यालो दिनेलाई हाम्रो मत




कोहलपुर ।

बाँके क्षेत्र नं. १ अन्तर्गत पर्ने राप्तीसोनारी गाँउपालिकाका मतदाताहरुले वर्षौदेखिको अध्यारोबाट मुक्ती दिलाउनेलाई आफुहरुले मतदान गर्ने बताएका छन । दशकौंदेखी अध्यारोमा बस्न बाध्य त्यस क्षेत्रका नागरीकहरुले निवर्तमान साँसदद्धवय महेश्वर गहतराज (अथक) र कृष्णा केसी (नमुना) का कारण आफुहरुले उज्यालोको अनुभुती गर्न पाएको भन्दै पुनः उनिहरुलाई मतदान गर्ने बताएका हुन ।

बाम–लोकतान्तिक गठबन्धनबाट बाँके क्षेत्र नं. १ को प्रतिनिधि सभा उम्मेदवार रहेका अथकको पहिलो कार्यकालमा राप्तीसोनारी र नरैनापुरमा विद्युतिकरणको काम अगाडी बढेको थियो । उनकै पहलमा नरैनापुर र राप्तीसोनारी बिकासको मुलधारमा आएको थियो । उनि पुन साँसद पदको उम्मेदवार भएपछि त्यहाँका स्थानियहरु उत्साहित भएका छन ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

गठबन्धनका उम्मेदवारहरु घर दैलोमा जाने क्रममा स्थानीय जनताले संबिधान जोगाउने गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता सहित स्वागत गर्ने गरेका छन । सोमवार घर दैलोका क्रममा गठबन्धनका उम्मेदवारहरु राप्तीसोनारी गाँउपालिकाको वडा नं. ३ र ४ तथा कोहलपुर नगरपालिकाको वडा नं. २ मा पुगेका थिए ।

राप्ती सोनारीमा पुगेका उम्मेदवारहरुलाई हालसम्म त्यस क्षेत्रको विकासको पहलकदमी गठबन्धनका दलहरुले नै लिएको भन्दै तिनै उम्मेदवार दोहोरीएकाले यस पटक अत्यधिक मनले बिजयी गराउने प्रतिबद्धता जनाएका थिए ।

राप्तीसोनारीमा भएको कार्यक्रममा प्रतिनिधिसभा तर्फ गठबन्धनका साँझा उम्मेदवार महेश्वर जंग गहतराज ९अथक०, र प्रदेश सभा १ ९क० का उम्मेदवार कृष्ण केसी नमुनाको सहभागीता रहेको थियो ।

राप्तीसोनारी क्षेत्रको विकासमा अथक र नमुनाको उल्लेखनिय योगदान रहेको भन्दै उनिहरु निर्बिकल्प उम्मेदवार भएको स्थानियले बताए । समृद्ध राप्ती सोनारी र नरैनापुर निर्माणकालागि यस पटक पुनः गठबन्धनका उम्मेदवारलाई बिजयी गराउने स्थानियको भनाई थियो ।

यता बाँके १ ९ख० का प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारुलाई कोहलपुर वडा नं. २ को घरदैलोका क्रममा स्थानियले भब्य स्वागत गरेका थिए । गठबन्धनको सरकारले भुमिहीन समस्या समाधान गर्नेमा आफुहरु ढुक्क रहेको भन्दै स्थानियले समृद्ध कोहलपुर निर्माणकालागि सक्षम उम्मेदवार चयन गर्ने प्रतिवद्धता जनाएका छन ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २२ गते मंगलबार