आज कोहलपुरमा रवि लामिछाने आउँदै




कोहलपुर ।

बाँकेको कोहलपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने कोहलपुर आज आउने भएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेकोे संघ र प्रदेशको निर्वाचनको कार्यक्रमलाई सम्बोधन गर्न आज राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने कोहलपुर आउने भएका हुन् ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका कोहलपुर नगर अध्यक्ष आनन्दबाबु काफ्लेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

काफ्लेका अनुसार आज दिउँसो करिब १ बजेको समयमा कोहलपुर न्यूरोडमा कार्यक्रम भएकोले सबैलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २० गते आइतबार