नमूना विद्यालय बनाउन अभिभावकको प्रतिबद्धता (याेजना सहित)




कोहलपुर ।

कोहलपुर नगरपालिका-१३ बाल शिक्षा माध्यमिक विद्यालयका टेक बहादुर चन्द एक अभिभावक हुन् । उनका छोरी कक्षा ९ मा अध्ययनरत छन भने छोरा ५ कक्षामा पढ्छन् । ‘प्रअले ल्याइएका योजना राम्रो छ’ उनले भने ‘त्यसलाई पुरा गर्नका लागि हामी पूर्ण रूपमा लाग्छौ ।’ पहिलेका प्रअ भन्दा अहिलेका प्रअ धेरै फरक र राम्राे हुनुहुन्छ, हामी अभिभावक साथमा छौं ।

आफ्नो छोराछोरीको भविष्यको लागि नमूना विद्यालय बनाउनका लागि जस्तो सुकै कमद चाल्नुपरे चाल्ने चन्दले बताए । अभिभावकहरुले आफ्नो विद्यालयलाई आफै बनाउने अभिप्रयाका साथ प्रअले ल्याइएको योजनालाई पूर्ण रुपमा कार्यन्वयन गर्ने भन्दै प्रतिबद्धता जनाएका
थिए ।

विद्यालयका प्रअ टर्क बहादुर खत्रीले १८ वटा महत्वपूर्ण काम गरेको सार्वजनिक गरेका थिए भने ३८ जना नमूना विद्यालय बनाउने योजना सार्वजनिक गरेका थिए । यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले शैक्षिक गुणस्तरीय शिक्षा दिनका लागि हरदम तयार रहेको आचार्यले बताएका थिए ।

कार्यक्रममा सामाजिक विकास संयोजक ईश्वरी विश्वकर्मा, शिक्षा विज्ञ जित बहादुर शाही, १३ का वडा अध्यक्ष डम्बर खड्का, नगर शिक्षा शाखाका अधिकृत रवि मिजार, शिवशक्ति आधारभूत विद्यालयका प्रअ बद्रिनाथ सापकोटो लगायत अभिभावकको उपस्थिति रहेको थियो ।

यस्ता छन् याेजना 

  • बाल क्लब, वातावरण क्लब,अंगजी भाषा क्लब, किशोरी क्लब तथा जुनियर रेडकस सर्कलको पुनर्गठन
  • विद्यालय समुदाय सम्पर्क अधिकारी छनौट
  • विद्यालयको सृधारको लागि अभिभावक भेला
  • सूचना अधिकारीको रुपमा विद्यालयको प्रधानाध्यापक भूमिका
  • “पढ्दै – कमाउदै ”कार्यकम कार्यान्वयन गर्न सरोकारवालाहरुसंग अन्तरक्रिया
  • “पढ्दै – कमाउदै ”कार्यकम कार्यान्वयन
  • वडा अध्यक्ष तथा प्रतिनिधिहरुसंग बैठक वसी विद्यालयको घेरावार तथा सरक्षाको वारेमा आवश्यक तयारी
  • कोहलपृर नगरपालिकाको मेयर, उप –मेयर, प्रशासकिय प्रमुखहरुलाई आमन्त्रित गरी विद्यालयको आगामी कार्ययोजना अवगत गराउन अन्तरक्र्रिया कार्यक्रम संचालन
  • विद्यालयको क्षेत्राधिकार तोक्न र जमिनको बारेमा सरोकारवालाहरुविच
  • छलफल गरी विद्यालयका क्रियाकलाप निक्र्योल गर्ने ।
  • विद्यालय क्षेत्र प्रर्वेशद्घार मुख्य सडक रोहिणी खोला प’ल र कालिका मन्दिर नजिक विद्यालयको तह तथा नाम सहित स्वागत बोर्ड राख्ने ।
  • विद्यालयको संगीत तथा खेल शिक्षकको व्यवस्था गरी वालवालिकाहरुको अन्तर्निहित क्षमताहरुको प्रस्फ’टनमा सघाउ पुरयाउने ।
  • विद्यालय क्षेत्रमा हरियाली वातावरण वनाई वालमनोविज्ञानको आकर्षण केन्द्र निर्माण गर्न वातावरण क्लबको सकियतामा वृक्षारोपन तथा फूलवारी निर्माण कार्य संचालन गर्ने ।
  • “पढ्दै –कमाउदै ”कार्यक्रमलाई व्यवस्थित रुपमा अघि वढाउन वडा स्तरीय भेला वनाएर अतिरिक्त जमिनको व्यवस्था गर्दै “ड्रागन फ्रुट” खेतीको सम्भाव्यता अध्ययन तथा खेतीको सरुवात र व्यवस्थापन
  • विद्यालयको वालवालिकाहरुको संचालित दिवा खाजा कार्यकमलाई थप व्यवस्थित गर्न कक्षा वालविकास देखि कक्षा ६ सम्मका कक्षा शिक्षकहरुविच समिति गठन गरी साप्ताहिक तालिका निर्माण गराई व्यवस्थित गर्ने ।
  • शैक्षिक वर्ष २०७८मा स्वीकृत राष्ट्रपति शैक्षिक सुधार कार्यकम अन्तरगत प्रस्ताव तयार भै अघि वढाईएका कार्यकमहरु मौरी पालन र च्याउ खेतीमा कक्षा ६ देखि ९ सम्मका छात्रछात्राहरु तथा अभिभावकहरुको सहभागितामा पूर्ण रुपमा कार्यान्वयन गर्ने ।
  • विद्यालयमा साइकल र मोटरसाईकल व्यवस्थित पार्किङ्गको व्यवस्थापन गर्न स्थलको तयारी
  • कोहलपुर नगरपालिकाले अघि सारेको विद्यालय सुधार कार्यक्रम अन्तरगत “मेरो विद्यालय, मेरो जिम्मेवारी” कार्यकमलाई मध्येनजर गर्दै विद्यालयको थप सुधारमा अघि बढ्ने ।
  • वालविकास देखि कक्षा ३ सम्मका वालवालिकाहरुको अध्यापनमा अंगे्रजी माध्यममा संचालन गर्ने वातावरणको पूर्वतयारी गर्ने ।
    विद्यालय सधारको लागि “मेयरसंग प्रधानाध्यापक” कार्यक्रम संचालन
  • विद्यालयको विकासमा सहकार्य गर्न विभिन्न संघ संस्थाहरु (ताल, रुम ट’ रीड, बाँके युनेस्को क्लव तथा बातावरण संस्था) वीच सहकार्य कायम राखी लगानीको लागि समन्वय तथा सहकार्य गर्ने ।
  • विद्यालय क्षेत्रमा रहेका अभिभावकहरुलाई सचेतना जागृत गर्न विध’त महसुल तथा अन्य सेवा लिन दिन विद्यालय केन्दित ई –सेवा को थालनी गर्ने ।
  • ईन्टरनेट सहितको कम्प्युटरको प्रयोग गरी सिकाईमा जोड दिन आवश्यक तयारी गर्ने ।
  • वालवालिकाहरुको भर्ना कार्यमा आधारित भई “टिकाउ,सिकाउ र विकाउ” को अवधारणामा जोड दिने ।
  • कक्षा ८ र ९ कक्षाको लागि अंगे्रजी, गणित र विज्ञान विषयमा मंसिर देखि फाल्ग’न महिना सम्म अतिरिक्त कक्षाको व्यवस्था
  • विद्यालयको नजिक स्टेशनरी पसल राखी वालवालिकाहरुका लागी आवश्यक सामगीहरु उपलब्ध गराउन अभिभावकहरुलाई अभिप्रेरित गर्ने ।
  • शिक्षक स्टाफहरुको विद्यालय आउने र फर्कने समय तथा शिक्षण योजनाका आधारमा मल्याङ्कन गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्न अभिप्रेरित गर्ने ।
  • विधुतीय हाजिरीको कार्यान्वयन गरी शिक्षकहरुको उपस्थतीमा एकरुपता कायम गर्ने ।
    विद्यालयमा शैक्षिक कार्यक्रम तथा प्रशासनको जिम्मेवारीलाई व्यवस्थित गर्न सहायक प्रधानाध्यापक तथा तहगत ईन्चार्ज शिक्षकहरुको व्यवस्था गर्ने ।
  • अतिरिक्त कियाकलापको व्यवस्थित संचालन गर्न छात्रछात्राहरुको सदन विभाजन गरी विभिन्न प्रतिस्पधात्मक खेल तथा अन्य कार्यकमहरुको आयोजना गर्ने ।
  • विद्यालयमा संचालन गरिने परीक्षा र मल्याङ्कनका अभिलेख तथा पुरुस्कारको व्यवस्थामा सधार गरी “जितउ जिताउ” (win-win)को वातावरण सिर्जना गर्ने । प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई मात्र पुरस्कृत गर्न‘को सट्टा सबै वालवालिकाहरुलाई प्रमाणपत्र सहित सम्मान गर्ने वातावरणको सनिश्चतता गर्ने ।
  • विद्यालयको आर्थिक विवरणमा लेखा प्रणाली व्यवस्थित गर्न लेखापालको सहयोगमा दुरुस्त राख्ने ।
  • कक्षागतरुपमा वसाइ व्यवस्थापन तथा कक्षा व्यवस्थापनमा जोड दिने
  • वालवालिकाहरुको पढाइ सीपको विकास गर्न पूर्णमा साहित्यिक प्रस्तिठानको समन्वय र सहयोगमा “पठनसीप अभिवृद्घि” कार्यक्रम संचालन गर्ने ।
  • शिक्षा र प्रविधिको सम्बन्धको आधारमा कोहलपुर नगरपालिका स्तरिय अनलाईन हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न विद्यालयमा गठित अंगे्रजी भाषा क्लबलाई सक्रिय बनाउने ।
  • शिक्षक कर्मचारी,वि.व्य.स.अभिभावक संघ तथा उच्चतम कक्षाको शैक्षिक अवलोकन भ्रमण आयोजना गरी नमुना विद्यालय बनाउन योजना निर्माण गर्ने ।
  • कोहलपुर नगरपालिकाले अघि सारेको यस क्षेत्रलाई शैक्षिक हब बनाउने योजनामा सहयोग गर्दै कक्षा १ देखि ३ सम्म अनिवार्य लागू गरी हाल विद्यालय क्षेत्र वाहिर भएका झन्डै २५० जना विद्यार्थीहरु यस विद्यालयमा फर्काउने, सिकाउने ,टिकाउने र बिकाउने ।
  • माध्यमिक तहका लागि आवश्यक शिक्षक कोटाको माग, फर्निचर निर्माण,भौतिक पूर्वाधारमा आवश्यक सूधार तथा निर्माण गरी अघि बढ्ने ।
  • संस्थागत विद्यालय तथा यस विद्यालयको साझेदारी कार्यक्रम ९ एगदष्अि उचष्खबतभ उबचतलभचकजष्उ उचयनचबm० लाग गरी विद्यालयको गुणस्तर वृद्घि गर्न सघाउने ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २० गते आइतबार