फुलारामको पक्षमा तात्दै चुनावी माहोल

बाँकेको क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेपाली कांग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवार फुलाराम थारुको पक्षमा चुनावी माहोल तात्तेको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस सहित गठबन्धनमा आवद्ध दलका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा उक्त प्रदेश सभामा फुलाराम झण्डै दोब्बर मतको अन्तरले अगाडी देखिन्छन् । तथापी, उनले आफ्नो प्रचार अभियानलाई तिब्रता दिइरहेका छन् ।

थारु समुदायको समेत उल्लेख्य बसोबास रहेकाले प्रदेश सभा (क) मा चुनाव जित्न फुलारामका लागि सहज देखिएको स्थानीय बासिन्दाको आंकलन रहेको छ । चुनाव जित्ने उच्च मनोबलका साथ फुलाराम अचेल दिनहुँजसो कोण सभा, भेटघाट तथा छलफलमा ब्यस्त हुने गरेका छन् ।

चुनावी अभियानमा कोहलपुर नगरपालिका १५ वडा र राप्तीसाेनारीका २ वडामा भेला तथा प्रचार प्रचारमा सहभागी भएको उम्मेदवार फुलारामले सुनाए । ‘मनोनयन दर्ता गरेपछि नै हाम्रो अभियान सुरु गरिएकाे हाे, बाम(लोकतान्त्रिक गठबन्धनमार्फत मतदाता भेटघाट अभियान चलाइरहेका छौं, मतदाताको मायाले धेरै नै उत्साहित भएका छौं,’ उनले भने ।