ओखलढुङ्गा ।
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
नेचा सल्यान सोलुखुम्बु स्थायी घर भई विगत तीन वर्ष देखी सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्दै आउनु भएका ६१ वर्षीय रामबहादुरलाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राती सामान्य घरायसी विवादका क्रममा राईले ३३ वर्षीया श्रीमती कल्पना खड्का राईलाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घटना स्थलमै उहाँको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
आरोपित राईलाई श्रीमती हत्या आरोपमा शनिवार बिहान पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्