कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-२ मा रहेको सिद्धार्थ क्लब विवादमा परेको छ ।
क्लबका वर्तमान अध्यक्ष प्रेम बहादुर थापा मगरले अहिलेको समिति खारेज भयो भन्दै संस्थापक अध्यक्षलाई हस्तान्तरण गरेपछि पदाअधिकारी र सदस्यहरुले विवाद सिर्जना गरेका हुन् ।
अध्यक्षले एकलौटी रुपमा क्लब नै पतन भएको भन्दै संस्थापक अध्यक्ष छविलाल आलेलाई हस्तान्तरण गरेपछि उपाध्यक्ष शान्त विसी, सचिव लोकेन्द्र राना र सदस्यहरुले विरोध जनाएका थिए ।
२०६२ सालमा दर्ता गरेको सिद्धार्थ क्लबले विगत १३ वर्षदेखि सालको बुटा नजिकै १० वटा सटर निर्माण गरी १ हजार रुपैयामा भाडामा दिइएको थियो ।
सिद्धार्थ क्लबका सचिव लोकेन्द्र रानाले १३ वर्ष पहिले निर्माण भएका टहरा जिर्ण अवस्थाका पुगेपछि पूनः निर्माण गर्नका लागि समितिले ढुङ्गा ल्याइएको बताए । तर क्लब नै पतन भयो भन्दै वर्तमान अध्यक्षले संस्थापक अध्यक्षलाई हस्तान्तरण भएपछि क्लबका पदाअधिकारीहरुले विरोध जनायौं तर वडामा जानकारी भएपछि अहिले १५ दिनेभित्र टहरा हटाउन निर्देशन गरेको सचिव रानाले बताए ।
यस्तै सिद्धार्थ क्लबका वर्तमान अध्यक्ष प्रेम बहादुर थापा मगरले कोहलपुर टुडेसंग कुराकानी गर्दै भने, म संस्थापक उपाध्यक्ष हो त्यसकारणले संस्थापक अध्यक्षलाई हस्तान्तरण गरेको हुँ । तर पदाअधिकारी साथीहरुले बुझ्नुभएको छैन हामीले पनि बुझाउन नसकेको मगरले बताए ।
यस्तै सिद्धार्थ क्लब संस्थापक अध्यक्ष छविलाल आलेले कोहलपुर टुडेसंग कुराकानी गर्दै भने, पदाधिकारी र सदस्यहरुको वार्षिक रिन्यू नभएपछि वर्तमान अध्यक्षले मलाई हस्तान्तरण गर्नुभएको हो, अब नयाँ ढंगबाट अगाडि बढ्छ । ‘टहरामा बसेका व्यवसायीलाई क्लबले टहरा मर्मत गर्न समान मात्र हटाइएका हुन’ उनले भने, ‘टहरा हटाउन वडाले निर्देशन दिएपनि क्लबले हटाउन दिँदैन ।’ त्यसको लागि कानूनी रुपमा लड्न तयार रहेको आलेले बताए ।
यस्तै कोहलपुर नगरपालिका वडा नं.२ का अध्यक्ष हरि कठायतले क्लबले निर्माण गरेका १० वटा टहराहरुलाई हटाउन १५ दिने अल्टिमेट समेत पठाइसकेको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्