कपिलवस्तुमा भारतीय रकमसहित एक जनालाई पक्राउ




कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९ को मुक्ति खनाल रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट ५ लाख ५२ हजार ८ सय स्रोत नखुलेको भारतीय रुपियाँ रहेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । खनाललाई यशोधरा गाउँपालिका –७ मर्यादापुरस्थित खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा तौलिहवाबाट मर्यादापुर जाँदैगरेको लु १६ प ४११७ नम्बर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।

खनाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १७ गते बिहीबार