Kohalpur Today Header Ads

शीतभण्डारमा ग्यास लिक हुँदा एक जनाको मृत्यु




मोरङ ।
विराटनगर ४ स्थित रामजानकी शीतभण्डारमा ग्यास लिक भएर एक जना कर्मचारीको बिहीबार मृत्यु भएको छ । विराटनगर-५ को चाखालका ६० वर्षीय निर्जन चौधरीको मृत्यु भएको हो ।

चौधरीले शीतभण्डार चिसो पार्ने बन्द भएको एमोनिया ग्यास खुलाउन मर्मत गर्नेक्रममा अचानक ग्यास लिक हुँदा निसासिएर उनको मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए ।

शीतभण्डारमा ग्यास लिक भएपछि चौधरीले बाहिर नभागेर भित्रैतिर पसेपछि समयमा उद्धार हुन नसक्दा निसासिएर उनको मृत्यु भएको शीतभण्डारका अर्का कर्मचारी हर्कबहादुर सुवेदीले बताए । चौधरी तीन दिनअघिमात्रै शीतभण्डारमा भर्ना भएका थिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

मोरङ प्रहरी टोलीले अक्सिजन ग्यास प्रयोग गरेर चौधरीलाई उद्धार गरेर विराटनर्सिङ होममा उपचारका लागि लगेपछि चिकित्सकले मृत घोषणा गरेको डिएसपी श्रेष्ठले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १७ गते बिहीबार