Kohalpur Today Header Ads

रुकुम पश्चिममा जिप दुर्घटना




शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा जिप दुर्घटना भएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिकाबाट मुसिकोट खलंगा तर्फ आइरहेको लु १ ज १५६१ नम्बरको जिप मुसिकोट २ को सतिपोले डम्पिङ साइट नजिकै आज साँझ ८ः४५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

दुर्घटनामा परि ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार घाइते हुनेमा आठबीसकोट २ का १५ वर्षिय गोपाल थापा, सोही ठाउँकी ५० वर्षिया कमला बुढा, ३० वर्षिया रमिता थापा र आठबीसकोट ३ का ९ वर्षिय अभिषेक बोहरा रहेका छन् ।

घाइते मध्ये गोपालको बायाँ हातको पञ्जामा गहिरो काटिएको, कमलाको टाउकोमा हल्का काटिएको, रमिताको शरिरका विभिन्न भागमा चोट लागेको र अभिषेकको बायाँ घुँडामा चोट लागेको र सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । उनिहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

उकालोमा ब्रेक फेल हुँदा जिप सडकमै पल्टिएकोले ठूलो क्षति भएको छैन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १६ गते बुधबार