नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले घोषणा पत्र सार्वजनिक गरेको हो।
अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्।
एमालेले घोषणा पत्रमा २० ग्यारेन्टीसमेत उल्लेख गरेको छ जुन कुरा पाँच वर्षभित्र पूरा गर्ने उसको प्रतिवद्धता छ।
ती ग्यारेन्टीमध्ये १७ नम्बरमा स्वस्थ महिनावारी: १५ सय वर्षभरि भन्ने कार्यक्रम उल्लेख छ। एमालेले महिलाहरूलाई स्यानेटरी प्याड खरिदका लागि वर्षमा १५ सय रूपैयाँ दिने घोषणा पत्रमा उल्लेख गरेको हो।
यस्तै देशको अर्थतन्त्र पाँच वर्षभित्रमा १०० खर्बको बनाउने एमालेको घोषणा छ। १० हजार लिटर पानी नि:शुल्क दिने, ५० युनिटसम्म बिजुली नि:शुल्क, ५ लाखलाई रोजगारी दिने र न्यूनतम तलब मासिक २५ हजार दिने एमालेको घोषणा पत्रमा उल्लेख छ।
स्वदेशी उत्पादनलाई विदेशमा निर्यात गर्ने, भोकमरी अन्त्य गर्ने, नेपालीलाई मात्र नागरिकता दिने र समृद्धि अधिवेशन गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्