कोहलपुरमा श्रीमान श्रीमती झुण्डीएको अवस्थामा फेला




कोहलपुर ।

बाँकेको कोहलपुर-१३ मा श्रीमान श्रीमती झुण्डीएको अवस्थामा फेला परेको छ ।

कोहलपुर नगरपालिका १३ का ६० वर्षीया श्रीमान डम्बर बोहरा र ५७ वर्षीया श्रीमती पावर्ती बोहरा घर नजिकैको रुखमा झुडिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिले घटना स्थल प्रहरी पुगेकाे छ ।

थप अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएपी ऐन बहादुर मल्लले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १३ गते आइतबार