Kohalpur Today Header Ads

त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको सेयरका लागि ७८ हजारको आवेदन




काठमाडौं ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको सेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन्। कम्पनीले सेयरबापतको रकम बुझाउन गत असोज ४ गतेदेखि आवेदन माग गरेको थियो।

कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता१० बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० बुझाएका छन्। यसबाट १६ करोड १० लाख सङ्कलन भएको छ।

साविकका सर्वसाधारण सेयरधनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० का दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ सङ्कलन गरिनेछ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यही कात्तिक १७ गतेसम्म आवेदन दिने अन्तिम दिन हो। कम्पनीका प्रबन्ध-सञ्चालक मोहनप्रसाद गौतमले सो अवधिमै आवेदन दिन सेयर धनीलाई आग्रह गरे।

‘जनताको जलविद्युत्’ कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएकोसमेत) सेयर निष्काशन गरी प्रतिसेयर एक सय अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० मात्र सङ्कलन गरेको थियो।

कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० बुझाउनुपर्नेछ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक आठ प्रतिशत ब्याज दिनुपर्ने प्रावधानबमोजिम सेयरधनीले प्रतिकित्ता तीन ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ मात्र जम्मा गरे हुनेछ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीले रकम बुझाउन/आवेदन दिन सक्नेछन्।

सेयरधनीले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्कसमेत तिर्नुपर्ने छैन। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ।

कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहनेछ।

आयोजनाको कूल अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रहेको छ।
निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको लागत आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार पुग्ने अनुमान गरिएको छ।

निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड मध्ये ३० प्रतिशत स्वपुँजी (दुई अर्ब ४७ करोड रुपैयाँ) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड रुपैयाँ)बाट लगानी जुटाइएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ६ गते आइतबार