Kohalpur Today Header Ads

को हुन् वडा नं १२ वडाध्यक्षका उम्मेदवार विरेन्द्र कुमार शाह




Sagarmatha CC TV

विरेन्द्र कुमार शाह स्व.पिता रत्न बहादुर शाह तथा माता टीका कुमारी शाहको कोखबाट वि.सं २०२४ सालमा साविकको खोलागाउँ गा.वि.स.वडा नं ४ सर्केना चौफा रुकुममा जन्म भएको थियो । उनी वि.सं २०५९ सालदेखि स्थायी रुपमा कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीमा बसोबास गर्दै आएका छन् । उनको माध्यमिक तह सम्मको शिक्षा शितल मा.वि. चौरजहारी र प्रमाणपत्र तहको शिक्षा मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुमबाट पुरा गरे ।

वि.स. २०४१ सालदेखि वि.सं २०६२ साल सम्म स्थायी शिक्षकका रुपमा कार्यरत हुँदा तत्कालिन द्धन्द कालको समयमा बसाइ सरे । रुकुम जिल्लामा रहेर काम गर्दा राप्ती अञ्चलको एक उत्कृष्ट कृषकको सम्मान प्राप्त गरी वि.स. २०५४ सालदेखि नेपाल शिक्षक संघको कर्मठ सदस्य हुँदै पार्टीको १२ औं महाअधिवेशनमा नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधिका रुपमा पार्टी राजनीतिमा होमिएका हुन् । ट्रेड यूनियन बाँकेको जिल्ला अध्यक्ष हुँदै हाल केन्द्रिय सदस्य समेत छन् ।

ज्ञानज्योती माध्यमिक विद्यालयमा दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई आम अभिभावक बिचमा परिचित व्यक्ति हुन् । काँग्रेसको १४ औं महाधिवेशनमा कोहलपुर नगर सभापतिमा अत्याधिक लोकप्रिय मतका साथ विजयी भएका थिए । बागेश्वरी यातायात समितिमा कोषाध्यक्ष हुँदै उपाध्यक्षको जिम्मेवारीको अनुभव छ । पहिलो स्थानीय निर्वाचनमा झिनोमतान्तरले पराजित भएदेखि मात्र आम वडाबासीको घर घरमा पुगेर सुख-दुखमा समेत साथ दिँदै मलम पट्टी लगाउने काम गरेका छन् ।

सगरमाथा ज्ञानपुञ्ज
LIfe Ok

सफा, सुन्दर, सुखी र समृद्ध वडा, हाम्रो प्रतिवद्धता भन्नेमुल नाराका साथ वडाबासी सामु निम्न प्रतिवद्धता सहित उपस्थित भएका छन् । उनी हावादारी कुरा होइन काममा विश्वास गर्ने जे गर्न सकिन्छ त्यो कुराको प्रतिवद्ध हुने मूल उद्देश्यका साथ गर्न सक्ने मात्र प्रतिवद्धताको उठान गर्दै गरेका छन् । उनलाई जिताएमा निम्न प्रतिवद्धताहरु पुरा गरेर आम वडाबासीका घर घरमा उनी पुगेका छन् :

  • कोहलपुर न.पा. वडा नं १२ मा रहेका सबै माध्यमिक तहको कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहन्दार, गरिव, असहाय, अनाथ, दलित, जातजाती, थारु, मधेशी, मुस्लिम विद्यार्थीहरुका लागि पूर्ण छात्रवृतिको व्यवस्था गर्ने ।
  • वडामा रहेका सबै बालविकास केन्द्रलाई व्यवस्थित गरी बालविकास केन्द्रमा अध्यापन गर्ने शिक्षकको लागि सरकारले प्रदान गर्दै आएको पारिश्रमिकमा केहि रकम थप गरी आवश्यक मन्टेश्वरी तालिम सहितको व्यवस्थापन गर्ने ।
  • वडामा सबै अध्ययन गर्न चाहने आम पाठक वृन्दको लागि एक वाचनालय सहितको पुस्तकालय लाई पाँचवर्ष भित्र क्रमागत बजेटको व्यवस्था गर्ने ।
  • वडामा रहेका ज्ञानज्योती मा.वि. चप्परगाडीमा हाल सञ्चालित कार्यक्रमलाई विस्तार गरी विश्वविद्यालयको समन्वयमा प्राविधिक तथा व्यवसायिक कलेजका रुपमा विकास गर्न विश्वविद्यालयसंग समन्वय गरी कार्यन्वयनमा ल्याउने काम गर्ने ।
  • ने.रा.मा.वि. खरगवारमा फरकधारको प्राविधिक कक्षा सञ्चालन गरी कक्षा ११ र १२ पठनपाठन गर्ने व्यवस्था गर्ने ।
  • विद्याज्योती आ.वि. र रामजानकी गुरुकुल विद्यालयको स्तर उन्नोति गरी थप कक्षा सञ्चालन गर्ने ।
  • वडामा स्थायी रुपमा बसोबास गर्ने परिवारका छोराछोरीले एम.वि.वि.एस अध्ययन गर्न चाहेमा पटकको लागि प्रोत्साहन स्वरुप विशेष छात्रवृति प्रदान गर्ने र वडामा स्थायी रुपमा बसोबास गर्ने परिवारका छोराछोरीले विद्यावारिधि पि.एच.डी. अध्ययन गर्न गर्ने एक पटकको लागि विशेष प्रोत्साहन स्वरुप छात्रवृति प्रदान गर्ने ।
  • हाम्रो वडा सफा र सुन्दर वडा हाम्रो प्रतिवद्धतालाई साकार पार्न नीतिगत व्यवस्था गरी कार्यन्वयनमा ल्याउने काम गर्ने ।
  • रोहिनी खोला, डुडुवा खोलाले पुर्याएको क्षतिलाई न्युनिकरण गर्न चारैतिर तटबन्धनको व्यवस्था गर्ने ।
  • कोहलपुर घुइयावारी सल्यान जोड्ने सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा व्यवस्था गरी निर्माण गर्न पहल गर्ने ।
  • मध्यवर्ति क्षेत्रमा बसोबास गर्ने आम वडाबासीहरु बन्यजन्तुको आक्रमणबाट सुरक्षित बनाउन निकुञ्ज वरीपरीका बस्तिमा तारबारको व्यवस्था गर्न पहल गर्ने ।
  • वडाको रिङरोडलाई पुरा पक्की गरिने छ साथै वडाभरीका क्षेत्रमा ढल निकासलाई पाँच वर्ष भित्र पुरा गर्ने ।
  • शान्तिटोलको बाटोलाई वरपरनाली तयारगरी पक्की बनाइने छ साथै मसुरीखेत, सुन्दवस्ती, दाउना, ग्रीनपिस, थारुगाउँ दिपज्योति टोल, रामजानकीटोल, रोहिनी खोला बाटो तल र माथिका सबै बाटाहरुलाई व्यवस्थित नाली तयारगरी पाँच वर्ष भित्र पक्की बनाउने ।
  • वडा भित्र रहेका सबै फुसका छानामूक्त घर बनाउन पाँच वर्ष भित्र बजेटको व्यवस्था गर्ने ।
  • अव्यवस्थित सुकुम्बासीको पहिचान गरी व्यवस्थित गर्ने ।
  • वडा भित्र रहेका सबै धार्मिक मठ, मन्दिर, गुम्बा, मस्जिद र चर्च लगायतका धार्मिक स्थलको दैनिक पुजापाठ तथा सञ्चालन गर्न व्यवस्थित गर्ने ।
  • युवा, बैदेशिक रोजगारमा गई फर्केका युवाहरुको लागि उनीहरुले सिकेको सीपको आधारमा व्यवयसाय गर्न उत्प्रेरित गरिने छ ।
  • तरकारी तथा फलफूल खेती, दुग्ध उत्पादन, कुखुरा तथा पशुपंक्षिपालन र उत्पादन, आधुनिक पशुपालन, नश्लसुधार, मत्स्यपालन, माहुरीपालन लयायतको व्यवयसाय सञ्चालको विशेष नीति तयार गरी सञ्चालन गर्न प्रोत्साहन गर्ने ।
  • अगामी पाँच वर्ष भित्र पूर्ण रुपमा गरिवी निवारण गर्नका पहल गर्ने ।
  • पत्रकारीताको नाममा हुने गरेका गलत कार्यको पहिचान गरि निरुतसाहित गरिने स्थानीय नीति तयार गरी कार्यन्वयनमा ल्याउने र वडाले गर्ने आम नागरिकका सरोकारका निर्णयहरुलाई २४ घण्टा भित्र सूचनाको हक प्रदान गर्ने ।
  • जेष्ठ नागरिक तथा १५ वर्ष मुनिका वालवालिकाहरुलाई वर्षको तीन तीन महिनामा निःशुल्क स्वास्थ्य जाँचका व्यवस्था गर्ने तथा जेष्ठनागरिकको सम्मान कार्यक्रलाई हरेक वर्ष गर्ने ।
  • उच्च शिक्षा हासिल गरेका जनशक्ति तथा विभिन्न ओहदामा रहेर काम गर्ने सबै व्यक्तिहरुलाई सम्मान गर्ने तथा वडामा रहेको उपस्वास्थ्य चौकीको स्तरउन्नति गर्ने ।
  • बृद्धभत्ता, विदुवाभत्ता, एकल महिला, दलित सिमान्तकृत, अल्पसङ्ख्यक नागरिकहरुलाई प्रत्येक घरदैलोमा उपस्थित भै वर्षको ३ पटक सामाजिक सुरक्षा वापतको रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने ।
  • वडाका सुरक्षाका लागि वडा प्रहरीलार्ई व्यवस्थित गर्ने ।
  • कानुनी रुपमा बन्देज गरिएका बाल विवाह, बहुविवाह, घरेलु हिंसाको रोकथाम तथा लागु पदार्थ, सुर्तिजन्य वस्तुको बेचविखन गर्दा १५ वर्ष मुनिका बालबालिकालाई प्रतिवन्ध लागाउने
  • वडा भित्र वसोवास गरेका मानिस घर परिवारको लगत संकलन गरी ५ वर्ष भित्र सबै ऐलानी प्रतिमा बसोवास गरेका नागरिकहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने ।
  • वडा भित्रका वास्तविक पशुपालन कृषक समूह बनाई पाइलोट प्रोग्रामका लागि १/१ जना पशुपालक कृषक लाई उन्नत जातका गाई भैसी बाख्र्रा, वंगुर, पाडा उत्पादन कार्यका लागि स्थानिय पशु स्वास्थ्य कार्यालय मार्फत तालिमको व्यवस्था र सहुलियत कर्जा उपलब्ध गराउने ।
  •  कृषकको लगानी सुरक्षाका लागि जनावरहरु भैसी, गाई, भेडा, बाख्रा, पाडा, वगुंर, सुगुरको निशुल्क पशू विमा गर्ने ।
  • हरेक ठाउँमा थ्री फेस, टु फेस तथा फोर फेसका विद्यूतिय सेवालाई विस्तार गरिने छ ।
  • दीर्घरोगीहरुका लागि निशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाउन पहल गरिने छ ।
  • रक्षा सामुदायिक बनभित्र बालबाटिका सहितको स्तरीय पार्क निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्ने ।
  • प्रत्येक घर घरमा शुद्ध पिउने पानीको सहजता ल्याउन पाँच वर्ष भित्र वडामा छुट्टै पानी ट्याङकी निर्माण गर्ने ।
  • वडाबासी किसानको लागि युरीयामल र डि.ए.पी. मलको सहज व्यवस्थापन गर्ने व्यवस्था गरिने छ । किसानमैत्री नीति तयार गरी कार्यन्वयन गरिने छ साथै किसान प्रोत्साहन, सम्मान तथा कदर कार्यक्रलाई लागु गर्ने र किसानको बाली विमालाई कडाइका साथ लागु गर्ने ।
  • किसानको लागि कृषि मिटर सहुलियत दरमा प्राप्त गर्ने खालको नीति अवलम्बन गरिने छ ।
  • वडामा एक व्यवस्थित खालको स्तरीय खेलमैदान पाँच वर्षभित्र तयारगरी खेलाडीलाई प्रोत्साहन गर्ने ।
  • अटोलाई व्यवस्थि तगर्न एक व्यवस्थित अटोलेनको निर्माण गर्ने र चप्परगौडीको बजारलाई सुन्दर र आकर्षक बनाउन ग्यारेजलाई व्यवस्थित गर्ने तथा निबुवामा एक शहिद चोक निर्माण गर्ने ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २० गते मंगलबार