Kohalpur Today Header Ads

वीरगञ्जमा ट्रकको ठक्करबाट बारामा एक जना मजदुरको मृत्यु




वीरगञ्ज ।
बारको सिमरामा ट्रकको ठक्कबाट एक जना मजदुरको मृत्यु भएको छ ।

सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा कार्यरत करैयामाई गाउँपालकिा-५ का ४० वर्षीय रामसुरत चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

उद्योगभित्र प्रवेश गर्ने क्रममा प्रदेश २ख०३१६ नम्बरको ट्रकले चौधरीलाई ठक्कर दिएको थियो । प्रहरीले ट्रकको ठक्करबाट बेहोस भएका चौधरीलाई उद्धार गरेर वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका लागि पठाएको थियो । अस्पतालका चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ६ गते आइतबार