बर्दिया ।
बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोलिराम थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्ग ‘मर्निङ वाकमा निस्केको बेला थारूलाई हात्तीले आक्रमण गरेको थियो ।
पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ कात्तिक ५ गते शनिबार












प्रतिक्रिया दिनुहोस्