Kohalpur Today Header Ads

सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु : अमेरिकी राजदूत थम्पसन




काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवनमा शुक्रबार आयोजित समारोहमा उहाँले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र पेश गरेपछि नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार राजदूत थम्पसनले जारी गर्नुभएको वक्तव्यमा नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो सम्मानको विषय भएको बताउनुभएको छ ।

राजदूत थम्पसनले भन्नुभएको छ, ‘‘यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा मूल्य मान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबीचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु ।’’

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

आगामी वर्षमा अमेरिकाले नेपाललाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गरिरहनेछ भन्दै उहाँले भन्नुभएको छ, ‘‘अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्त्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीसँग सहकार्य गर्न उत्सुक छु । जलवायु सङ्कटले हिमालय क्षेत्रमा प्रभाव पारिरहँदा हामी नवीन कार्यक्रम र साझेदारीमार्फत नेपालको जलवायु उत्थानशीलतालाई बलियो बनाउन मद्दत गर्नेछौँ ।’’
राजदूत थम्पसनले नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै हाम्रा दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । अमेरिका र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५औँ वर्षमा प्रवेश गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ४ गते शुक्रबार