काेहलपुर नगरपालिकाकाे प्रेस संयाेजकमा ढकाल

काेहलपुर ।

काेहलपुर नगरपालिकाको प्रेस संयाेजकमा प्रिया स्मृति ढकाल  नियुक्त भएका छन् ।

असाेज २६ गतेकाे कार्यापालिकाकाे निर्णय अनुसार काेहलपुर नगरपालिकाकाे  प्रेस संयाेजकमा ढकाल नियुक्त भएका हुन् ।

करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ढकाल हाल रेडियो बागेश्वरीको समाचार प्रमुख, स्वास्थ्य पेज अनलाइनको कार्यकारी सम्पादक र बेलायती गोर्खाजहरुको रेडियो बीएफबीएसको पश्चिम नेपाल रिपोर्टर हुन् ।

कोहलपुर नगरपालिका–९ का स्थायीबासी पत्रकार ढकालले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा तत्कालीन जिल्ला विकास समितिमा उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।