Kohalpur Today Header Ads

रकम हिनामिना गर्ने अस्पतालका दुई कर्मचारी पक्राउ परेका छन् ।




विराटनगर।
रकम हिनामिनाको आरोपमा मोरङको बूढीगंगा गाउँपालिकाको विराट शिक्षण अस्पतालका दुई जना कर्मचारी पक्राउ परेका छन्।

अस्पतालमा कार्यरत बूढीगंगा–२ का ३६ वर्षीय दूर्गाबहादुर विष्ट र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अस्मिन भट्टराईलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो।

दुवै जना अस्पतालको बिलिङ काउन्टरमा कार्यरत कर्मचारी हुन्। बिरामीका आफन्तले अस्पतालको नाममा डिपोजिट गरेको रकम हिमामिना गरेको आरोप उनीहरूलाई छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले अस्पतालले दिएको जाहेरीका आधारमा विष्ट र भट्टराईलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए।

विष्ट र भट्टराईले अस्पतालको सफ्टवेयर नै परिवर्तन गरेर रकम हिनामिना गरेको आशंका छ। पक्राउ परेकाहरूले कति रकम हिनामिना गरेर भन्ने बारेमा खुल्न बाँकी रहेको श्रेष्ठले बताए।

अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले रकम हिनामिना गरेको पाइएपछि उजुरी गरिएको र दुवै जनालाई प्रहरीले पक्राउ गरेको बताए। थप विषय प्रहरीको अनुसन्धानपछि खुल्ने निरौलाको भनाइ छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ४ गते शुक्रबार