खाडीमा मुलुकमा भोलिदेखि दुई नम्बरी प्रदर्शनमा

दुबई ।
खाडी मुलुकका राष्ट्रहरु युएई, कतार, बहराइन र ओमानका विभिन्न हलहरुमा अक्टोबर २० तारिकदेखि नेपाली चलचित्र ‘दुई नम्बरी’ प्रदर्शन हुने भएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपालीहरुलाई लक्षित गर्दै मुख्य सहरहरुका विभिन्न पाँच दर्जन सिनेमाहलहरुका पर्दामा नेपाली चलचित्र ‘दुई नम्बरी’ एकैसाथ प्रदर्शन हुने मध्यपूर्बका लागि वितरक रमेश ढकालले जानकारी दिएका छन्।
नेपालमा भने यो चलचित्र गत हप्तादेखि नै प्रदर्शनमा रहेको छ। मध्यपूर्बका यी चार देशहरुमा मात्र ९ लाख नेपालीहरु कार्यरत छन्।

निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र दुई नम्बरीमा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन र अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन्।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन्। मिठु तामाङ्नी सह-निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन्। चलचित्रको छायाँकन सुशन प्रजापतिले गरेका हुन् भने निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।